नियम ७
गोप्य प्रतिवेदनको मूल्याङ्कन
(१) कर्मचारीको कामसम्बन्धी गोप्य प्रतिवेदन नियमितरूपले प्रत्येक वर्ष समाप्त भएको १५ दिनभित्र आयोगमा पठाई सक्नुपर्छ ।
(२) यसरी प्राप्त हुन आएको प्रत्येक कर्मचारीको गोप्य प्रतिवेदनमा सही मूल्याङ्कन भए नभएको आयोगले विचार गर्नेछ र सो प्रतिवेदन निष्पक्ष भई नभरेको वा
सही मूल्याङ्कन नभएको वा दुई वा दुईभन्दा बढी कर्मचारीले भरेकोमा प्रत्येक प्रतिवेदनको मूल्याङ्कनमा धेरैनै अन्तर भएको आयोगलाई लागेमा सो प्रतिवेदन भर्ने
कर्मचारीसँग स्पष्टीकरण लिई सो सम्बन्धमा आयोगले उचित ठहर गर्नेछ ।
(३) कामसम्बन्धी गोप्य प्रतिवेदन वा निरीक्षण अधिकारीको प्रतिवेदनबाट कुनै कर्मचारीको काम कारबाई र आचरण सम्बन्धमा कुनै प्रतिकूल कुरा देखिन आएमा त्यस्तो कर्मचारीलाई आफ्नो काम कारबाई र आचरण सुधार्न मौका दिन आयोगले कारण सहित सूचना दिन लगाउनेछ र त्यसरी सूचना दिनु पर्नेमा नदिई राखिएको त्यस्तो कुनै प्रतिवेदनलाई आयोगले सो कर्मचारीको काम तथा आचरण सम्बन्धमा पछि कुनै लेखाजोखाको आधार मान्न सक्ने छैन ।